नियम १०
पशुधनको उमेर र सङ्ख्या
: (१) कोषले चार वर्षसम्मको उमेर भएका साना पशुधन र दुई वर्षदेखि एघार वर्षसम्मको उमेर भएका ठुला पशुधनको मात्र यस नियमावली बमोजिम सुरक्षण गर्नेछ ।
(२) कोषले देहायको प्रयोजनको लागि क्रणीले खरिद गरेको पशुधनको देहाय बमोजिमको सडख्यामा मात्र सुरक्षणको लेख जारी गर्नेछ :- (क) प्रजननको लागि खरिद गरिएका पाँच पाँच वटासम्म साँढे, राँगो, बोका, भेडा, च्याङ्ग्रा वा बङ्गुर, (ख) टाँगा व्यवसायको लागि खरिद गरिएका पाँच पाँच वटासम्म घोडा वा घोडी, (ग) जोत्नको लागि खरिद गरिएका छ छ वटासम्म गोरु वा राँगा । (३) उपनियम (२) मा लेखिए देखि बाहेक अन्य पशुधनको सुरक्षण गर्दा सङ्ख्याको सीमा लाग्ने छैन ।